
पूर्णपुष्टि, बैशाख ११
उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा पर्ने बेल्टार बजारको पुष्पलाल चोकको एउटा घरको ३ तला नेपाली ब्राण्डेड ३ कम्पनीका जुत्ताहरु भरिभराउ छन् । उदयपुरको एउटा पुरानो बजार बेल्टार बजार हो । अहिले पनि यसको उतिकै बृद्धि र बिकास भईरहेको हुदा करोड लगानीमा ३ ब्राण्डेड नेपाली कम्पनीका जुत्ताका शोरुमा राखिएको छ ।
स्थानीय स्तरमा यो लगानीका साथ ठुलो शोरुम खोलिदा एउटा गौरबकै व्यवसाय देखिएको छ । स्थानीय केशव अधिकारी नेतृ्त्वको व्यवसायी समूहले बेल्टारमा यो कामको थालनी गरेका हुन् । शोरुममा अधिकारी सँगै भोजराज आचार्य र रोमन सुवेदीको समेत साझेदारी रहेको छ । त्यहाँ शिखर सुज, गोल्डस्टार र क्यालिबर कम्पनीका ब्राण्डेड जुत्ताहरु पाइने छन् । महिला तथा बालबालिकाका जुत्ता चप्पल समेत पाइने छन् ।
शोरुमको आज औपचारिक उद्घाटनभयो । राष्ट्रिय बाणिज्य बैँक बेल्टारका शाखा प्रबन्धक नारायण पण्डितले रिबन काट्दै शोरुमको उद्घाटन् गर्नुभयो ।
शिखर सुज, गोल्डस्टार र क्यालिबर कम्पनीका जुत्ताहरु नेपालकै चर्चित ब्राण्डका जुत्ताहरु हुन् । ब्राण्डेड जुत्ताहरु खोज्नका लागि उदयपुरवासीले अब बाहिर जानुका सट्टा बेल्टारमै पाउने भएका छन् । जिल्लावासीकै सुविधाका लागि ठुलो लगानीका साथ शोरुम खोलिएको संञ्चालक अधिकारीले बताउनुभयो ।

