Sunday, June 21News That Matters

उदयपुरकाे त्रियुगामा संक्रमण उच्च कायमै, फेरी २७ थपिए

पूर्णपुष्टि, वैशाख ३० ।

उदयपुरमा कोरोना संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च कायमै छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज २७ जना थपिएसंगै जम्मा संक्रमित १ सय ७३ जना संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा चौदण्डीगढी नगरपालिकामा ८ जना  थपिएसंगै जम्मा संक्रमितको संख्या ३३ पुगेको छ । लिम्चुङबुङ गाउँपालिकामा आज २ जना थपिएसंगै जम्मा संक्रमितको संख्या ३ पुगेको छ ।

कटारी नगरपालिकामा ३५ पुगेको छ । रौतामाई गाउँपालिकामा १०, उदयपुरगढीमा ६ जना रहेका छन् । दोस्रोचरणको कोरोनाकालमा हालसम्म ताप्लीमा भने संक्रमित भेटिएको छैन ।

जिल्लामा संक्रमण बढेकै कारण उदयपुरमा निशेधाज्ञ थपिने भएको छ । अव थपिने निशेधाज्ञ थप कडाइसाथ लागु गराउने भएको छ । छ दिनअघि लागु भएको निशेधाज्ञ भोलि सकिदैछ । भोली सकिए लगत्तै लागु हुने गरी थप ७ दिनको लागि निशेधाज्ञ घोषणाको तयारी रहेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड संकट ब्यवस्थापन समितिका संयोजक तुलसीराम सेढाइका अनुसार पुनः ७ दिन निशेधाज्ञ थप्ने तयारी छ । अवको निशेधाज्ञ थप कडा हुने उहाको भनाई छ ।