पूर्णपुष्टि, कार्तिक १७
उदयपुरका तिन साईकल यात्रीले मेची माहाकाली यात्रा सफलता पूर्वक सम्पन्न गरेको छ । उदयपुरलाई पर्यटन क्षेत्रमा अघि बढाउन साईकल यात्रा बाट प्रचार प्रसार सहित स्वास्थ्यका लागि खेलकुद साईकलिङ भन्ने उदेश्य सहित यात्रामा निस्केका तिन जनाले यात्रा सफल पुर्वक सम्पनन गरेको हो । त्रियुगा नगरपालिका ७ चुहाडेका आङ पासाङ सेर्पा, त्रिनपा ११ का अबैध नारायण चौधरी र त्रिनपा १० का कृष्ण अधिकारीले मंगलबार मेची पुलमा आएर यात्रा सम्पन्न गरेको हो । उनिहरुलाई कार्तिक ४ गते त्रियुगा नगरपालिकाबाट मेयर वसन्त कुमार वस्नेतले भव्य विदाई गरेका थिए । यात्रामा सहभागी आङ पासाङ सेर्पाका अनुसार १० दिनमा आफ्नो यात्रा पुरा भएको जनाउनुभयो । कार्तिक ५ गते बाट सुरु गरिएको यात्रा १५ गते मेचीमा आएर टुँगिएको शेर्पाले जनाउनुभयो । माहाकाली पुल जुन नेपाल र इन्डियाको बोर्डरबाट यात्रा सुरु गरी मेची पुलमा आएर यात्रा सम्पनन गरेको शेर्पाले जनाउनुभयो । यात्राको अन्तिम दिन त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार वस्नेत सहित जिल्ला साईकलिङ संघ तथा साईकल सहकर्मीहरुको उपस्थितिमा यात्रालाई भव्य सम्पन्न गरिएको थियो ।

