Monday, June 29News That Matters

उदयपुरका दुईजना को*रो*ना अस्पतालबाट डि*स्चार्ज

पूर्णपुष्टि, असार ५ ।

उदयपुरको दुईजना आज विराटनगर स्थित कोशी को*रो*ना हस्पिटलबाट डि*स्चार्ज भएका छन् । १० दिन अघि को*रो*ना संक्रमण पुष्टि भई सो हस्पिटल लगिएका बेलका नगरपालिकाकी एक महिला र चौदण्डीगढी नगरपालिकाका एक पुरुष डिस्चार्ज भएका हुन् । बेलका ३ की पवित्रा राई र चौनपा ५ का महमद आजाद अस्पतालमा उपचारपछि पिसि*आर परिक्षण हुँदा नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डि*स्चार्ज गरेको हो । डि*स्चार्ज भई एम्बुलेन्सबाट आफ्ना पालिका आइपुगेका उनीहरुलाई पालिकाले स्वागत गरेको छ । अव पनि १४ दिनसम्म उनीहरु होम क्वा*रेन्टाइनमा बस्नेछन् ।

याे पनि…

बेल्टार (सातधारेमा) सुविधासम्पन्न आइसो*लेशन

उदयपुरकाे चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले  बेल्टार (सातधारे) मा सुविधासम्पन्न आइसो*लेशन निर्माण भएको बताउनुभयाे । ब्यवस्थित कोठा, बेड, खानेबस्ने, खानेपानी तथा चर्पी, बाथरुमको राम्रो व्यवस्थापन रहेको  साथै वाईफाई, विजुली, पंखाकोसमेत राम्रो व्यवस्था रहेको उहाँले बताउनुभयाे । आइसो*लेशनमा गाईघाटबाट चारजना आउने भनिएकाले उनीहरुको स्वागतको तयारीमासमेत रहेको उहाँले बताउनुभयो ।

सयबेडको बनाउने लक्ष रहेको सातधारे आइसो*लेशनमा एउटा गाडी चौविसै घण्टा तयारी अवस्थामा राखिएको पनि मेयर राईले बताउनुभयो । को*रो*ना हस्पिटलहरु सं*क्र*मि*तले भरिएर राख्ने ठाउँसम्म अभाव हुन थालेपछि सं*क्र*म*न देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेकाहरुलाई जिल्लाकै आइसो*लेशनमा राखिने, स्वास्थ्यमा जटिलता देखिएमा तत्कालै एम्बुलेन्सबाट को*रो*ना हस्पिटल लैजाने व्यवस्था मिलाइएको मेयर राईले बताउनुभयो । जिल्लाका नागरिकहरूलाइ तत्काल उपचार र उद्दार हाेस् भन्ने हेतुले सबै पालिका मिलेर याे कार्य गरिएकाे उहाँले बताउनुभयाे ।