Tuesday, June 9News That Matters

उदयपुरका युवा गायक टम्पशेर राईको ‘उनको याद’ सार्वजनिक

पूर्णपुष्टि,वैशाख २३ । बिगत लामो समय देखि सांगितिक क्षेत्रमा एक पछि अर्को सफल गित दिँदै आएका उदयपुरका युवा गायक तथा संगितकार टम्पशेर राईको नयाँ म्युजिक भिडियो ‘उनको याद’ सार्वजनिक भएको छ । शुक्रबार देवदत क्रियसन युटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा टम्पशेर राईकै शव्द संगित र स्वरमा सुन्न सकिन्छ । उक्त गितलाई आमोस तामाङले एरेन्ज गरेका छन् ।

भिडियोमा एक प्रेम जोडिले जन्मदिनको अवसरमा आफ्नो प्रेमीलाई मायाँको चिनो रातो पछेउरी दिएको हुन्छ । समय बित्दै जाँदा ती प्रेम जोडि एक आपसमा बिछोडिएको दुश्य देख्न सकिन्छ । दृश्यको अन्तमा एक अर्कामा बिछोड हुँदाको पिडा प्रस्तुत गरिएको छ ।

गायक तथा संगितकार राई सांगितिक क्षेत्रमा आउँनु अघि जिल्लाको गाईघाटमा रहि बिभिन्न रेडियो, पत्रपत्रीका अन्य अनलाईनहरुमा संञ्चकर्मीको रुपमा काम गर्दे आएका थिए । उनले यस अघि दर्जनौ गितहरु नेपाली दर्शक श्रोताहरुलाई दिई सकेको छ ।