Tuesday, June 9News That Matters

उदयपुरका राई भरुवा बन्दुकसहित पक्राउ, चार फरार

पूर्णपुष्टि,फागुन २८

उदयपुरको एक युवा भरुवा बन्दुकसहित सुनसरीको बराहक्षेत्रस्थित कोसीको खयरघारीमा पक्राउ परेको छ । उदयपुरको बेलका नगरपालिका–९ बस्ने २२ बर्षीय सुमन राईलाई बन्दुकको नालसहित पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलको टोलीले हिजो सिकार खेल्न गएका राईलाई पक्राउ गरेको थियो । सशस्त्रको चतरा सुरक्षा वेसबाट खटिएको टोलीले राई पक्राउ गरेता पनि उनको समूहमा रहेका अन्य चारजना अझै फरार रहेको  सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले बताउनुभयो ।

राईलाई बराहक्षेत्र–२ स्थित कोसीको पुर्वी किनारमा पर्ने आठ आरडिको खयरघारीबाट अपरान्ह ३ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईलाई हिजो नै थप अनुन्धान र कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।