Wednesday, May 27News That Matters

उदयपुरका वन समुहहरुलाई कोरोनाविरुद्धको अभियानमा जुट्न आव्हान

पूर्णपुष्टि, चैत १२ ।

जिल्लाका सबै सामुदायिक बन उपभोक्ता नगर तथा गाउँ महासं , सामुदायिक बन उपभोक्ता समूहहरुलाई लकडाउनको पालना गर्नु कर्तवय ठान्न आव्हान गरेको छ ।

महासंघका जिल्ला अध्यक्ष कुशल बाबु बस्नेतले आज एक अपिल पत्र जारी गर्दै यस्तो आव्हान गर्नुभएको हो । आफु र आफ्नो परिवारलाई सुरक्षित गर्दै सचेतता र साबधानी र उच्च आत्मबलका साथ उक्त  महामरीको सामनागर्दै अरूलाईपनि सुरक्षित रहन आग्रह गर्न पनि आव्हान गरेको छ ।

सरकारले राष्ट्रिय स्तरमा एक कोषको स्थापना गरेको र  उक्तकोषमा सकेसम्म सहभागिता जनाउने काममा अग्रसर हुन अनुरोध पनि गरिएको छ ।  उपभोक्ता हरूलाई  व्यक्तिगत र घरयासी सरसफाईकालागि सचेत गर्दै साबुनपानीले हातधुने र सेनिटाईजर प्रयोग गर्न आग्रह गर्दै आबश्यक परे समूह समुहले साबुनको व्यवस्था गरि दिन भनिएको छ ।

उदयपुर जिल्लामा स्थानीय प्रशासन र स्थानीय सरकरसंग सहकार्य गरेर जिल्लाभर आबश्यक परे सा.ब.उ.जिल्ला महासंघको १ नगर महासंघको १ र जिल्लाभर रहेका सा.व.उ.स.हरूको करिव १०० भन्दा बढी भबनहरूलाई क्वारेन्टाईनमा प्रयोग गर्न दिन सकिने पनि महासंघक जिल्ला अध्यक्ष बस्नेतले जनाउनुभएको छ ।