
पूणर्पुष्टि, जेष्ठ ३
उदयपुरकी एक कोरोना संक्रमित महिलाको वीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा ज्यान गएको छ । त्रियुगा नगरपालिका-३ की ५० वर्षीया महिलाको आज (सोमबार) बिहान ६ः३० बजे ज्यान गएको हो ।
वैशाख २७ गते उनलाई कोरोना पोजिटिभ देखिएपछि वैशाख २८ गते वीपी प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ ।
