
पूर्णपुष्टि, माघ २२
शान्तिपुर्ण रुपमा उदयपुरमा नेकपा प्रचण्ड–माधव समूहको आन्दोलन सकिएको छ । बिहिबार देशव्यापी रुपमा गरेको आमहड्ताल उदयपुरमा पनि गरिएको थियो । दिनभरी गरेको बन्दलाई सम्पन्न गर्न साँझ पिपलचोकमा कोणसभा गरी गरिएको थियो ।
दिनभर गाईघाटका मुख्य चोकहरुमा बन्दकर्ताहरुले आफ्नो बन्द सफल पार्न सक्रियताका साथ लागि परेका थिए । गाईघाट लगायत अन्य ठाउँ काटारी, रामपुर र बेल्टारमा पनि कुनै खालको तोडफोड, झडप जस्ता घटनाहरु नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो ।
जिल्लाका कुनै पनि ठाउँबाट हाल सम्म अप्रिय घटनाहरुको रिपोर्ट नआएको डिएसपी गौतमले पूर्णपुष्टिलाई जानकारी गराउनुभयो ।
कोणसभामा कार्यक्रममा बोल्दै नेकपा नेता इश्वरमणी राउतले बन्दलाई उदयपुरवासीहरुले सकरात्मक तवरले सहयोग गरेको बताउनुभयो । ब्यापारी, व्यवसायी, कर्मचारी, विद्यार्थी, सर्वसाधरण, सुरक्षा, यातायात, शिक्षक, नागरिकर्मी, बुद्धिजिवि, पेशाकर्मी सबैको कारणले उदयपुरका सबै स्थानमा बन्द आन्दोलन टुंगिएको बताउनुभयो ।
राउतले एक व्यक्ति केपी ओलीको कारणले संविधानको मर्म भावनालाई लत्याएर संसद विघटन गरी जनताहरुलाई दुख दिरहेको बताउनुभयो । यस्तो घमण्डी प्रवित्ति, तानसाही व्यक्तिको स्वइच्छाचारीलाई जनताहरुले आन्दोलनकै माध्यमबाट समाप्त पार्ने योजना रहेको हँदा सबै सचेत रही आगामी कार्यक्रमहरुमा समेत सहभागी रहन आग्रह गर्नभयो । 


