
पूर्णपुष्टि, जेष्ठ १७
उदयपुरको कुनै पनि पालिका अछुतो रहेन कोरोनाबाट आज (सोमबार) थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३४ पुरुष र २६ महिलामा संक्रमण पुष्टि भए सँगै जिल्लामा संक्रमितको संख्या १ हजार २ सय ४३ पुगेको हो । अहिले सम्म संक्रमण पुष्टि नभएको ताप्ली गाउँपालिकामा पनि संक्रमण देखिएपछि ८ वटै स्थानीय तहमा संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
आज त्रियुगा, चौदण्डीगढी, बेलका र ताप्लीमा समेत संक्रमण देखिएको छ । सबैभन्दा बढी त्रियुगामा ३६, चौदण्डीगढीमा १३, बेलकामा ७ र ताप्लीमा पहिलो पटक ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
आज थप २ जनाले कोरोनालाई जितेका छन् । यो सँगै जिल्लामा संक्रमण मुक्त भएर घर फर्किनेको संख्या २ सय ३७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले सम्म जिल्लामा संक्रिय संक्रमितको संख्या ५ सय ३६ पुरुष र ४ सय ३५ महिला गरी ९ सय ७१ जना हरेका छन् । कोरोनाले जिल्लामा थप ४ जनाको ज्यान गएसँगै मृतकको संख्या ३४ पुगेको छ ।
(संक्रिय संक्रमित संख्या–९७१+ निको भएको संख्या–२३७+ मृतक संख्या–३५= १,२४३ जम्मा जिल्लाभरीको संक्रमित संख्या)
