Wednesday, August 5News That Matters

उदयपुरको क्षेत्र नं. २ प्रदेश सभा सदस्य ‘क’ मा माओवादीको बुर्जा बिजयी

पूर्णपुष्टि, मंसिर ७ गते ।
उदयपुर क्षेत्र नं २ प्रदेश सभा सदस्य ‘क’ मा माओवादीका नारायण बुर्जा मगर बिजयी बनेको छ । मगरले एमालेका देवराज राईलाई झिनो मतान्तरले पराजित गरेको हो । बुर्जाले प्रदेशसभाका लागि ८१०५ मत प्राप्त गरी बिजयी बनेको हो भने एमालेका राईले ८०७० मत ल्याएका थिए । बुर्जाले राईलाई ३५ मतको अन्तरले मात्र जितेका थिए ।
बुर्जा दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बनेको हो । उनि ७४ सालमा पनि बिजयी बनेका थिए । बुर्जा संयुक्त गठबन्धनबाट उम्मेदवार रहेका थिए भने राई एमालेबाट उम्मेदवार रहेका थिए ।