Sunday, June 21News That Matters

उदयपुरको चौदण्डीगढीमा जनप्रतिनिधि, प्रिन्सिपल, एम्बुलेन्स चालकसहित १५ संक्रमित थपिए

पूर्णपुष्टि, वैशाख ३१ 

पछिल्लो समय उदयपुरमा पनि नयाँ भेरिएन्टको कोरोना बढेसंगै चौदण्डीगढी नगरपालिकामा शुक्रबार गरिएको एन्टिजेन्ट परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको छ । आज बिहान सातधारे स्थित कोभिड अस्पतालमा गरिएको परीक्षणमा एक जनप्रतिनिधि, प्रिन्सिपल, एम्बुलेन्स चालकसहित १५ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रिन्सिपलसहित उनका श्रीमती र एक छोरामा पनि संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो  ।

त्यसैगरी संक्रमित हुनेहरुमा २ नं. वडा चारघरेका ४, ६ र ११ वर्षीया बालिकाहरुसमेत रहेका छन् । उनीहरुको ३ जना अभिभावकमा विहिबार नै संक्रमण पुष्टि भइसकेको थियो ।