Wednesday, August 5News That Matters

उदयपुरको दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु

पूर्णपुष्टि, मंसिर ५ गते ।
उदयपुरको दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । जिल्लाको क्षेत्र नं. १ मा सर्बदलीय बैठक पश्चात १२ बजे देखि गणना सुरु गरिने मतगणना १ः२० बाट सुरु भएको छ । क्षेत्र नं. १ को मतगणना गाईघाटको त्रियुगा माबिमा भइरहेको छ । हाल बेलका नगरपालिकाको मतगणना जारी छ । मत परिणाम भने सार्वजनि हुन बाँकी रहेको छ ।
यता, क्षेत्र नं. २ मा पनि ३ः३० बाट मतगणना सुरु गरिएको जानकारी आएको छ । क्षेत्र नं. २ को मतगणना कटारी नगरपालिकाको उदयश्री क्याम्पसमा भइरहेको छ ।