
पूर्णपुष्टि, भदौ १
उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट सोमबार आइपुगेको छ । अक्सिजनको अभावका कारण कुनै पनि कोरोना संक्रमिले आगामि दिनहरुका अकालमै मृत्यु बरण गर्नु नपरोस भन्ने उद्देश्यका साथ अक्सिजन प्लान्ट निर्माण गर्न लागिएको हो । दैनिक प्रतिघन्टा ११ सय ५० मिटर क्युबिक ३८ सिलिन्डर प्रतिदिन उत्पादन क्षमता रहेको अक्सिजन प्लान्ट भदौ १५ गते सम्म जडान गरि उत्पादन शुरु गरिने बेलका नगरपालिका नगर प्रमुख दुर्गा कुमार थापाले जानकारी दिनुभयो ।
‘अनमोल प्राण वायु, अभावमा नजाओस कसैको आयू भन्ने नाराका साथ बेलका नगरपालिकाले संचालन गर्न लागेको अक्सिजन प्लान्ट निर्माणका लागि भवनको तयारी भैरहेको छ । राष्ट्रिय अबिष्कार केन्द्रले अक्सिजन प्लान्टको इस्फेसिकेशन गरि पुर्ण रुपमा प्रमाणीकरण गरेपछि मात्र पि.डि इन्जिनियरिङ प्रा.लि.लाई दोस्रो किस्ता बापतको रकम भुक्तानी दिन्छौ नगर प्रमुख थापाले बताउनुभयो । अक्सिजन संगसंगै नाइट्रोजन ग्यास समेत उत्पादन गर्ने गरि प्लान्ट स्थापना गर्न लागेको नगर प्रमुख थापाले बताउनुभयो ।
नगर प्रमुख थापाका अनुसार पछिल्लो समय अक्सिजन अभावकै कारण नगरवासीहरुले समस्या झेल्दै आउनु परेकोले सिमित लगानीमा बढी मात्रामा जनमानसको सहभागितामा निर्माण गर्ने नगरको योजना बमोजिम भदौ १५ देखि उत्पादन शुरु भएसंगै अक्सिजनमा आत्मनिर्भर हुनेमा उहाँले बताउनुभयो ।
