Wednesday, May 20News That Matters

उदयपुरको बेलकामा झुण्डिएको अवस्थामा एक युवक मृत फेला

पूर्णपुष्टि,फागुन १२ । उदयपुरको बेलकामा झुण्डिएको अवस्था एक युवक मृत फेला परेका छन् । जिल्लाको बेलका नगरपालिका वडा नं ३ सातपत्रे स्थितमा अन्दाजि ३०, ३५ बर्षीय पुरुष पिठारीको रुखमा प्लाष्टिक नाईलनको डोरीको पासो लगाई झुण्डिएको अवस्था फेला परेका हुन् । गत मंलवार बिहान करिब साढेँ ५ बजे फेला परेको उक्त व्यक्तिको नाम, थर खुलिनसकेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । लाशलाई पोष्माटमको लागी वि।पी। कोईराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ ।