Monday, July 6News That Matters

उदयपुरको बेलकामा मोटसाईकलको ठक्करबाट एकको मृत्यु

पूर्णपुष्टि, भदौ ७

उदयपुर बेलका नगरपालिका–५ गलेनी स्थितमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्युु भएको छ । प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा स्थानीय ८० वर्षीय राम बहादुर श्रेष्ठको मृत्यु भएकोे हो ।

हिजो बेलुका ६ बजे मोटरसाईकल दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भगम्भिर घाईते भएका श्रेष्ठको धरान घोपामा उपचारको क्रममा बेलुकै साढे ८ बजे मृत्यु भएको अस्तालले जनाएको छ । मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका–३ झुमका का २४ वर्षीय रोयल कुमार चौधरी र पछाडी सवार सोही स्थानका २४ वर्षीय सुरज कुमार चौधरी समेत समान्य घाईते भएका छन् । स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात चालक र मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।