
पूर्णपुष्टि, बैशाख १३
एक हप्ता देखि बेल्टार बाट बेपत्ता भएकी महिला खोजि गर्न परिवारले सबैमा अपिल गरेको छ । नानीको आमा रहेकी बेपत्ता महिलाले २ बर्षको बच्चा छाडेर बेपत्ता भएको परिवारले जनाएको छ ।
चौदण्डीगढी नगरपालिका ६ की उमेश बस्नेतकी श्रीमती रुपा बस्नेत आफ्नो नानीलाई छोडेर बेपत्ता भएको श्रीमान उमेश बस्नेतले जानकारी गराउनुभयो ।
२ बर्षिको कलिलो बच्चा आमा नहुदाको पिडाले आफु निकै पिडा र भावुक भएको श्रीमान उमेशले बताउनुभयो ।
नानीले आमा नपाउँदा छटपटी रहेको भन्दै तत्काm सम्बन्धित निकाय लगायत सबैमा श्रीमती खोजी कार्यमा सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो ।
यदि कसैले फेला पारेको अवस्थामा नजिकैको प्रहरीचौकी वा बेल्टार प्रहरी चौकीमा खबर गर्न अनुरोधग परिवारको छ । साथै ९८१४७०६३३१, ९८०५९३२८६२ र ९८१५७६१०७६ नम्वरमा डाईरेक्ट कट्याक गरी परिवारलाई बुझाउन वा जानकारी गराउन सकिन्छ ।
