Monday, April 20News That Matters

उदयपुरको मुर्कुचीमा पूर्वविद्यार्थी समाज गठन

पूर्णपुष्टि,फागुन ९ । जिल्लाको रौतामाई गाउँपालिका ७, मुर्कुची स्थित नमुना माध्यमिक विद्यालयमा पूर्वविद्यार्थी समाज गठन गरिएको छ । सोमवार विद्यायको शैक्षिक जागरणलाई थप मजवुद बनाउन पूर्वविद्यार्थीहरुको भेलो भरत खड्काको नेतृत्वमा पूर्वविद्यार्थी समाज गठन गरेको हो । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्षसमेत रहेका खड्का दुई दशकदेखि संञ्चार क्षेत्रमा कृयाशिल छन् ।

७ सदस्य रहेको समितिको सहसंयोजकमा सन्तोष मश्राङ्गी मगर र सचिवमा प्रलाद कार्की रहेका छन् । त्यसैगरी सदस्यहरुमा हरीबहादुर आलेमगर, गिता केसी, शंकर रिखाम र लालबहादुर तामाङ्ग (प्रभात) रहेका छन् ।

भेलाले संस्थालाई बैद्यानिकता दिन प्रमोद घतानीको संयोजकत्वमा पाँच सदस्य बिद्यान मस्यौदा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा खेमराज कोईराला, बिष्णु खत्री, कृत रायमाझी र रुकुकुमारी खपाङ्गी रहेको अध्यक्ष खड्काले बताए । उनका अनुसार बिद्यान मस्यौदा तयार गर्न एक महिना अर्थात चैत्र ९ गतेको समयसिमा तोकिएको छ । बिद्यान तयार भए लगत्तै जिल्ला प्रशासन कार्यालयमा दर्ता गरि संस्थालाई वैद्यानिक ढंगले अघि सारिने अध्यक्ष खड्काले बताए । उनले भने, ‘हाम्रो पहिलो काम संस्थालाई वैद्यानिकता दिने हो, त्यसपछि बिद्यालयको शैक्षिक वातावरणलाई थप मजवुद बनाउन, गुणस्तरिय शिक्षाका आधार स्तम्भहरु तयार गर्न, शैक्षिक जागरणका अभियानहरु सञ्चालन गर्न र सामाजिकरुपमा स्थापित हुने खालका गतिविधी गर्ने हुनेछन् ।

‘नमुना बिद्यालयलाई अझ व्यापकता दिन पुर्वबिद्यार्थीहरुको भुमिका उल्लेखिय रहने बिद्यालयका प्रधानाध्यापक खड्ग थापा मगरले बताए । उनले भने ‘बिद्यालयको शैक्षिक गतिबिधी अव्वल बनाउन सके मात्र बिद्यार्थीको शैक्षिक प्रमाणपत्र काम लाग्छ, र ‘बिद्यालयको शैक्षिक गुणस्तरियता बृद्धी गर्ने गरी केही प्रयास भएका छन्, त्यसमा तपाईको आगमनले सहयोग पुग्ने छ ।

कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुलकुमार मगरले राजनीतिक आश्था र विचार जहाँ भएपनि बिद्यालय सुधारका लागि सबैको साथसहयोग र सकारात्मक चिन्तन हुनु पर्ने बताईन् । उनले बिद्यालय एउटा पवित्र स्थल भएकाले यसलाई जातविशेष र राजनीतिभन्दा माथि उठेर हेर्नु पर्ने विचार व्यक्त गरिन् ।