Saturday, June 27News That Matters

उदयपुरको राजावासमा मोटारसाईकल दुर्घटना ः एक जनाको खुट्टा भाँचियो, अर्को प्रहरी नियन्त्रणमा

पूर्णपुष्टि, चैत्र ५

त्रियुगा नगरपालिका ९ राजावासमा बिहिबार भएको मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते भएको छ । आज बिहान ८ बजे भएको दुर्घटनामा सोहि स्थानका १५ बर्षिय नितेस दनुवारको खुट्टा भाँचिएको छ भने अर्का सामान्य घाईते प्रहरी नियन्त्रणमा रहेको छ ।

गाईघाट तर्फ आउने क्रममा दनुवारको ना ३४ प ६७ १० नम्वरको मोटर साईकलाई सोहि दिसाबाट आउँदै गरेको रौतामाई गाउँपालिका २ का १८ बर्षिय इसान मगरको अन्टेस्ट मोटर साईकलले ठक्कर दिँदाखेरी नितेस दनुवारको खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाईते दनुवारलाई विराटनगर उपचारको लागि लगिएको छ भने मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ । एउटै दिसाबाट आईरहेको अवस्थामा एकआपसमा उनिहरु ठोक्किएको प्रहरीले जनाएको छ ।

https://www.facebook.com/Purnapusti420730/videos/201475535064524