
पूर्णपुष्टि, साउन २७
उदयपुरको तीन वटा नगरपालिकामा लकडाउन हुने भएको छ । त्रियुगा, बेलका र चौदण्डिगढी नगरपालिकामा लकडाउन हुने भाएको हो ।
तीनै पालिकाका सम्पूर्ण क्षेत्रमा लकडाउन लागु हुने छ । संक्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधज्ञा जारी हुने गरी लकडाउन घोषणा हुने भएको हो ।
प्रशासनले भोली २८ गते राती १२ बजेदेखि लागु हुने गरी आगामी भदौ ७ गतेसम्मका लागी लकडाउन घोषणा गर्ने जनाएको छ । उदयपुरका यी तीन पालिकामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको देखिएपछि प्रशासनले लकडाउन घोषणा गर्ने भएको हो ।
आज मात्रै मालपोत कार्यालय उदयपुरका थप छ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ भने यस अघि संक्रमित पुष्टि भएका मालपोतका एक कर्मचारीको परिवारका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । कर्मचारीका परिवारको श्रीमती र आमामा कोरोना पोजेटिभ देखिएको हो । उता बेलका नगरपालिकामा पनि सात जनामा आजै पुष्टि भएको हो ।
योसँगै जिल्लामा संक्रमितको संख्या एक सय चार पुगेको छ । हालसम्ममा समुदाय स्तरसम्म कोरोना संक्रमण देखिएकाले कोरोना सर्तकता उच्च रुपले अपनाउनु पर्ने र सुरक्षा कडाई गर्नु पर्ने अवस्था आएको हो । प्रशासनले आज १५ जनामा संक्रमण देखिए लगतै जिल्ला कमाण्ड पोष्टको बैठक बसि कोरोना संक्रमण नियन्त्रणका लागी प्रभावकारी कदम चाल्नु पर्ने निर्णय गर्नुका साथै लकडाउनको घोषणा गरेको हो ।
लकडाउन कडाईका साथ लागु हुने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । अत्यवश्यक सेवा बाहेक सवै सेवाहरु पनि बन्द गरिनेछ । यातायात, बजार पसल लगायतका सम्पूर्ण क्षेत्र बन्द हुनेछन् । पास भएका सवारी साधनमात्रै संचालन हुन पाउनेछन् । लकडाउनका विच खाद्यन्न पसलहरु भने विहान ९ देखि १२ बजेसम्म खुल्ने जनाईएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहाललले प्रहरीको सुरक्षा कडाई विगत झैँ कडाई हुने बताउनुभयो । अत्यवश्यक काम बाहेक बाहिर ननिस्कन र हिडडुल नगर्न सर्वसधरण नागरिकलाई अह्वान गर्दै उहाँले लकडाउनको अवज्ञा गर्नेलाई नछाडीने बताउनुभयो । जिल्लामा कोरोना संक्रमणको स्थिती सम्वेदनशिल अवस्थामा रहेकाले नागरिकहरु आफै पनि उच्च सतर्क र सुरक्षा अपनाउनु पर्ने बताउनुयो ।
जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले कोरोना संक्रमणको अवस्था उदयपुरमा भयावह बन्न सक्ने प्रति सचेत गराउदै सतर्कताप्रति लापर्वाही नगर्न आग्रह गर्नुभयो । संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गरी परिक्षण गरिने साथै संकाश्पद ठाउँहरुमा पनि परिक्षणको दायरा बढाईने उहाँले बताउनुभयो ।
