Sunday, June 28News That Matters

उदयपुरबाट मोटरसाइकल चोरी गर्ने सप्तरीमा पक्राउ

पूर्णपुष्टि,माघ २५ 

उदयपुरको बेलका नगरपालिका–६ लेकाली टोलबाट मोटरसाइकल चोरी गरी फरार रहेको एक युवक शनिबार पक्राउ परेको छ । सप्तरी कन्चनरुप नगरपालिका–११ बस्ने मोहमद नसरुदिनलाई प्रहरीले चोरीको माटरसाइकलसहित पक्राउ गरेको हो ।

गत विहिबार राति को २४ प ९५३२ नम्बरको मोटरसाइकल चोरी गरेर नसरुदिन फरार रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । फरार नसरुदिनलाई सप्तरी प्रहरीको समन्वयमा मोटर साइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेको नसरुदिन माथि जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।