
पूर्णपुष्टि, जेठ ३० ।
उदयपुरमा अाज सवारी साधन जाेर नम्बर सञ्चालन हुन पाउने जनाईएकाे छ ।
जिल्ला प्रहरि प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार अाज उदयपुरमा जाेर नम्बरका सवारि साधन चल्न पाउने व्यवस्था मिलाईएकाे छ ।
सरकारले भने बमाेजिम चारपांग्रेमा चालक बाहेक ३ जना र दुईपाङ्ग्रेमा १ जना सवार गर्न मिल्नेछ । सर्वसाधारणकाे सहजतालाई मध्येनजर गर्दै लकडाउन खुकुलाे पार्दै जाने क्रम अनुसार सवारी साधन पनि सञ्चालनमा जाेर, बिजाेर प्रणालि अबलम्बन गरिएकाे हाे ।
