Monday, June 22News That Matters

उदयपुरमा आज थप २७ जना संक्रमित थपियो, १ जनाको मृत्यु

पूर्णपुष्टि, बैशाख २२

उदयपुरमा थप २७ जना संक्रमित थपिएको छ । त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी मा १४ महिला र १३ पुरुष गरी २७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार जिल्लामा आज थप एक संक्रमितको पनि मृत्यु भएको छ । आज एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

आज संक्रमण हुनेमा त्रियुगाको सबैभन्दा बढी १८ चौदण्डीगढीमा ४, कटारीमा ४ र बेलकामा १ जना रहेको छ । त्रियुगामा ३५ बर्षिय पुरुष, २८ बर्षिय पुरुष, २९ बर्षिया महिला, ३० बर्षिय पुरुष, ३५ बर्षिया महिला, ४४ बर्षिया महिला, २२ बर्षिय पुरुष, ५२ बर्षिया महिला, २७ बर्षिया महिला, १५ बर्षिय पुरुष, १८ बर्षिय पुरुष, ६० बर्षिय पुरुष, ३४ बर्षिय महिला २५ बर्षिय पुरुष, बर्ष नखुलेकी महिला, ३१ बर्षिय पुरुष ३० बर्षिय पुरुष र ५७ बर्षिय पुरुष गरी १८ जना रहेको छ ।

यसैगरी चौदण्डीगढीमा ५८ बर्षिय पुरुष, ३४ बर्षिय पुरुष, ३७ बर्षिय महिला र ४५ बर्षिया महिला रहेका छन् । भने कटारीमा ३७ बर्षिया महिला, २७ बर्षिय पुरुष, बर्ष नखुलेकी महिला र ५५ बर्षिया महिला रहेको छ । बेलकामा ३४ बर्षिय महिला रहेकीछिन् ।

यो सँगै जिल्लामा संक्रमितको संख्या १०५ पुगेको छ । यता निको हुनेको संख्या ३ रहेको छ भने आज एक जनाको मृत्यु भए सँगै मृत्यु हुनेको संख्या ३ पुगेको छ ।