Tuesday, April 21News That Matters

उदयपुरमा आज ३ जना संक्रमित थपियो

पूर्णपुष्टि, बैशाख २०

उदयपुरमा आज थप ३ जना संक्रमित थपिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका भित्रका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज गरिएको एन्टिजिन परिक्षणले उनिहरुमा कोरोना पुष्टि देखाएको हो ।

३ जना थपिए सँगै जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ । संक्रमित थपिँदै जाँदा जिल्लामा पनि सुरक्षाको मापदण्ड थप कडाई गरिएको छ । आईतबार ८ बजे देखि लागु हुनेगरी गरिएको यातायात आज बाट प्रभावकारीका साथ लागुगरिएको छ ।