
पूर्णपुष्टि, जेष्ठ ११
उदयपुरमा आज थप ४७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार मंगलबार ४७ जनामा संक्रमण पुष्टि हुनुका साथै २ जनाको मृत्यु भएको छ ।
आज २१ जना महिला र २६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । आज मृत्यु हुनेमा त्रियुगा नगरपालिका १३ र त्रियुगा नगरपालिका ३ को रहेको छ । उनिहरु दुवै ४० बर्षिय महिलाहरु हुन् ।
त्यसैगरी आज जिल्लामा त्रियुगा नगरपालिकाको २७ जना, चौदण्डीगढीको ७, लिम्चुङबुङको ९, रौतामाईको २, उदयपुरगढीको १ र बेलकाको १ जना रहेको छ ।
यो सँगै जिल्लामा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । हाल सम्म निको हुनेको संख्या १५४ रहेको छ भने मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
