Sunday, May 17News That Matters

उदयपुरमा आफ्नै दाईको कुटाई बाट भाईको मृत्यु, कुटपिट गर्ने दाई पक्राउ

पूर्णपुष्टि,  बैशाख २२

उदयपुरमा कुटपिट बाट एक जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका ९ चौकीबारीका ५० बर्षिय पुलकित चौधरीले सामान्य बिवादमा ३६ बर्षिय भाई सुखिलाल चौधरीलाई कुटपिट गर्दा उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिट बाट घाईते चौधरीको जिल्ला हस्पिटल उदयपुरमा सामान्य उपचार पछि गोल्डेन हस्पिटलमा उपचारको लागि लगिएको थियो । उनको उपचारकै क्रममा हस्पिटलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मंगलबार करिब ८ बजेको समयतिर सामान्य विबादमा दाजुभाईको झगडा परेको थियो । घाईते चौधरीको बुधबार करिब १२ बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने पुलकित चौधरीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो ।