Friday, May 22News That Matters

उदयपुरमा एक प्रहरी जवानमा देखियो कोरोना

पूणर्पुष्टि, भदौ ४ ।

उदयपुरमा नेपाल प्रहरीको एक जवानमा पनि कोरोना देखिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा सुनसरीबाट सरुवा भई आएका एक प्रहरी जवानमा आज कोरोना पोजेटिभ पुष्टि भएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार सुनसरीबाट हालै सरुवा भई आएका प्रहरी जवानलाई छट्टै क्वारेन्टाइनमा राखी पीसिआर परिक्षण गर्दा पोजेटिभ देखिएको हो । उनीसंगै मोरङबाट आएको अर्की एक प्रहरी जवानमा भने नेगेटिभ देखिएको छ । जवान आएपछि अरुसंग सम्पर्कमा नगई छुट्टै क्वारेन्टाइनमा बसेकाले अरुमा सर्ने अवस्था नरहेको एसपी दाहालले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यायलमै सरुवा भई आउने र संकास्पद क्षेत्रहरुमा खटि आएका प्रहरीलाई राख्ने क्वारेन्टाइृन बनाइएको उहाँले बताउनुभयो ।

जिल्लामा रहेर कोरोना विरुद्ध पहिलो पंतीमा खटिने र सम्पर्कमा हुने सबैलाई ृपरिक्षणको क्रम निरन्तर रहेकोमा अरुलाई भने पोजेटिभ नदेखिएको एसपी दाहालले बताउनुभयो ।

अाज काेराेना पाेजेटिभ पुष्टि भएका प्रहरी जवानसहित तीनजना अाज पुष्टि भएकाे हाे ।