
पूर्णपुष्टि, जेष्ठ २
उदयपुरमा अन्दाजी ६५ बर्षिय एक बृद्ध मृत अवस्थामा फेला परेको छ । उदयपुरको कटारी नगरपालिका २ गराँसे स्थित हरियो पार्कमा पहिचान नखुलेको एक बृद्धा मृत फेला परेको हो ।
कटारी नगरपालिका २ का वडा अध्यक्ष प्रेम थापाले गाईबस्तु चराउन गएकाहरुले शब देखेपछि आफुलाई खबर गरेको र आफुले प्रहरीलाई खबर गरेको जानकारी दिए ।
पहिचान नखुलेकाले को हो भन्ने पत्ता नलागेपछि शबको फोटो चिन्नु हुने जो कोहीरकसैले पनि प्रहरी चौकी कटारीमा सम्पर्क गर्न अनुरोध पनि अध्यक्ष थापाले अनुरोध गरे।
प्रहरी चौकी बेलस्रोतका प्रमुख राजकुमार मेहेताले आइतबार बृद्ध मृत अवस्थामा फेला परेको जानकारी दिएका हुन् ।
उनले कटारी नगरपालिका २ को उदयपुर र सिन्धुली जिल्लाको सिमाना पर्ने झोलुंगे पुल तथा हरियाली पार्क नजिक साँझ ६ वजे मृत अवस्थामा फेला परिएको बताए । ‘अन्दाजी ६० देखि ६५ वर्षको उमेर भएका, दारी फुलेका व्यक्ति मृत अवस्थामा भेटिएका छन्,’ उनले भने, ‘पोस्माटको लागि कटारी अस्पताल पठाउने तयारी गरिएको छ, बाँकी विषयमा अनुसन्धान सुरु गरिएको छ ।’
