Monday, June 22News That Matters

उदयपुरमा एक महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि,वैशाख २२

उदयपुरमा एक जना महिला र दुई पुरुषसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चौदण्डीगढी नगरपालिकामा कार्यरत ४२ वर्षीय एक महिला कर्मचारी त्यसैगरी २४ र ३८ वर्षीय दुई पुरुषमा आज (बुधबार) संक्रमण पुष्टि भएको हो । उनीहरुको गत १९ गते पिसिआर परीक्षण गरिएकोमा रिर्पोट पोजेटिभ आएको छ, भने एक बालिकाको रिपोर्ट नेगेटिभ आएको छ ।

नेगेटिभ रिपोर्ट आउने बालिका भने संक्रमण भएर अहिले विराटनगरमा उपचाररत एक संक्रमति पुरुषको १० वर्षीया छोरी हुन् ।

त्यसैगरी ६ नं. वडाको सातधारे स्थित आईसोलेशनमा उपचाररत ९ जना मध्ये एक महिला र एक पुरुषको गम्भिर अवस्था आएकोले विराटनगर आजै रेफर गरिएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो ।

पोजेटिभ हुने महिला कर्मचारीले कोरोना भ्याक्सिनको दुवै मात्राको खोप लगाइसकेको बताईएको छ ।