Monday, July 6News That Matters

उदयपुरमा एमाले नेता भरत थापाको घरमा आगलागी हुँदा ८२ लाख बराबरको क्षती

पूर्णपुष्टि, पुष १८
उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचुीमा आज भएको आगलागीमा ८२ लाख बरावरको क्षती पुगेको छ । एमाले नेता भरत थापाको घर र थापाकै थापाकै भाई चेत वहादुर थापाको गुवालीमा दिउँसो करिब १ बजेको समयमा आगलागी हुँदा लाखौँको क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।आगलागीमा नेता थापाको काठको घरमा क्षती पुगेको छ भने त्यहाँ रहेको लत्ता कपडा, जडिवुटी तेल, धान, र अफिसियल कागजातहरु जलेर नष्ट भएको छ । भाई चेत वहादुर थापाको भने गुवालीको परालमा मात्र क्षती भएको छ । भाईको गुवालीबाट एक्कासी सुरु भएको आगोले नेता थापाको घरमा समेत क्षती पुगेको हो । प्रहरीले थप विवरण र आगलागी बारे अनुसन्धान भैरहेको जनाए । भरत थापा एमाले उदयपुरका कमिटी उपसचिव समेत हुन् । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको जनाए ।