
पूर्णपुष्टि, साउन २१ । उदयपुरको त्रियुगा नगरपालिका–७ भाण्टाबारीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय देवन वि.क.को ११ बर्षीय छोरा दर्शन वि.क. रहेको जिल्ला प्रहरी कार्यालय उदयपुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार राती अन्दाजी साढेँ ७ बजेको समयमा आफ्नै घरको बिजुली बल्वको होल्डरमा बल्व जोड्ने क्रममा करेन्ट लागि घाइते भएका थिए । घाईते भएका बालकलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा ७ बजेर ४५ मिनेटमा चिकित्सकले मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
