
पुर्णपुष्टि, भदौ १०
उदयपुर जिल्लामा पिसिआर परिक्षण गर्दा एक सय एघार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा छ हजार नौ सय ५५ जनाको पिसिआर परिक्षण भएको थियो । कोरोना सक्रमितको संख्या एक सय एक पुगेको हो । जसमा महिलाको संख्या ३१ र पुरुषको संख्या ८० रहेको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदिले बताए ।
जिल्लाको आठ वटै पालिकामा परिक्षण गर्दा लिम्चुङबुङ र रौतामाई गाउपालिकामा कोरोना संक्रमित भेटिएको छैन । स्वास्थ्य प्रमुख सुवेदिका अनुसार संक्रमित भेटिएका पालिकामध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ६५जना रहेको छ । बेलकामा ३२, कटारिमा ७ र चौदण्डिगढि नगरपालिका दई जना त्यसैगरि ताप्लीमा ३, उदयपुरगढि गाउपालिकामा दुई जना कोरोना संक्रमित भेटिएको छ ।
रौतामाईमा ३ सय १४ जना र लिम्चङबुङ गाउँपालिकामा १ सय ३४ जनाको परिक्षण भएको थियो । संक्रमित भएका मध्ये २१ जनाको उपचार भइरहेको र अरु निको भएर घर फर्किसकेका छन् । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य भएता पनि संक्रमण हुनेको संख्या बढ्दो छ ।
जिल्लाको ५१ ठाउंमा ४ सय ५२ वटा क्वारेन्टिन बेड, ३७ वटा आईशोलेशन बेड रहेका छन् । हाल क्वारेन्टिनमा बस्ने मानिसको संख्या ५३ जना रहेको स्वास्थ्य प्रमुख सुवेदिले बताए ।
