पूर्णपुष्टि, पुष २० । उदयपुको त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित स्ट्याण्डर्ड भिजन एकेडेमीमा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि विद्यालय स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । मंलवार एक कार्यक्रमको आयोजना गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
सचेतना कार्यक्रममा खाद्य स्वच्छता र जोखिमहरु, खाद्य पदार्थमा लेबलको महत्व, जङ्क फूड, सन्तुलित भोजन तथा पोषणको महत्वबारे जानकारी गराईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मेनष श्रेष्ठले बताउनुभयो । खाद्य पदार्थ खरिद गर्दा लेबल हेरेर मात्र खरिद गर्नु पर्ने तथा लेबलमा के–के र कसरी हेर्ने सकिन्छ त्यसबारे जानकारी गराईएको प्रमुख श्रेष्ठले बताए ।
सचेतना कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई असल खानपान, खाद्य बस्तु किन्दाखेरि ध्यान दिनुपर्ने कुराहरू र स्वस्थ जिवनशैलीका विषयमा विद्यार्थीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रममा एकेडेमीमा अध्ययनरत कक्षा ७ देखि १० सम्म ८८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
