Sunday, June 28News That Matters

उदयपुरमा खुकुरी प्र्रहारबाट भाउजु घाइते, देवर पक्राउ

पूर्णपुष्टि,चैत ४

उदयपुरमा देवरको खुकुरी प्रहारबाट भाउजु घाईते भएकी छिन् । त्रियुगा नगरापालिका १० बोक्सेकी २५ बर्षिया मुना वि.क लाई आफ्नै देवर २३ बर्षिय मनोज बिकले खुकुरी प्रहार गर्दा भाउजु घाईते भएकी हुन् ।

खुकुरी प्रहार गर्ने देवर मनोज वि.क लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार पक्राउ गरेको छ । घाईते भाउजुको भने जिल्ला अस्पताल उदयपुरमा समान्य उपचार पछि थप उपचारको लागि बिराटनगर लगिएको छ ।

घरमा खाना खाने बिषयमा सामान्य बिबाद हुँदा उनले भाउजुलाई घाँटीमा धारिलो खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । घाईते बि.क.को घाँटीको पछाडी पट्टी चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

खुकुरी प्रहार पश्चात फरार रहेका बि.क.लाई प्रहरीको बिशेष टोलीले खोजतलासको क्रममा साँझ ६ बजे त्रियुगा नगरपालिका ९ गैरुनबाट पक्राउ गरेको हो । उनि माथी प्रहरीले थपअनुसन्धान गरिरको छ । प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने बि.क.को मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।