
पूर्णपुष्टि, चैत ३०
उदयपुरमा लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१२ आर्यघाट निबासी ४२ वर्षीय सुरेन डमु आईतबार गाँजासहित पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा डुमले बोकेको झोलामा ५ सय ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । गाँजासहित पक्राउ परेका डुमलाई जिप्रका उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
