Thursday, August 6News That Matters

उदयपुरमा चोरीको मोटरसाईल सहित तिन जना पक्राउ

पूर्णपुष्टि, मंसिर ११ गते ।
उदयपुरमा चोरीको मोटरसाईकल सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप मन्थली न.पा.१ बस्ने २७ बर्षीय बिक्रान्त थापा मगर, ललितपुर गोदाबारी न.पा.३ बस्ने २७ बर्षीय सुमन बिष्ट र त्रियुगा न.पा.१६ बस्ने ३१ बर्षीय बिर्ख तामाङ रहेका छन् ।

मंसिर ८ गते बिहान बिहान ४ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न.पा.६ जलजले बजार बस्ने कुमार कार्कीको घर बाहिर पार्कीङ गरी राखेको मोटरसाईकल चोरी भएको थियोे । चोरीको मोटरसाईकल डोर्‍याउदै लैजान लागेको अवस्थामा ईप्रका जलजलेबाट खटिएको प्रहरी टोलीले निजहरुले प्रयोग गर्दै आएको प्र३–०२–००१प२०७५नं.को मोटरसाईकल सहित बिक्रान्त थापा मगरलाई नियन्त्रणमा लिएको हो । थापालाई सोधपुछ गर्ने क्रममा उक्त मोटरसाईकल चोरीको रहेको प्रहरीले जनाएको छ ।

चोरी घट्नामा संलग्न रहेका बिष्ट र तामाङको खोजतलास गर्ने क्रममा प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोलीले ९ गते बिहान सुकौरा बजारबाट लुकिछिपी बसेको अबस्थामा फेलापारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई सुधपुछ गर्ने क्रममा चोरीको मोटरसाईकल ललितपुर जिल्ला महालक्ष्मी न.पा.९ आरुबोटबाट ऐ. बस्ने कृष्ण बहादुर घलेको रहेको खुलेको छ । चोरीको मोटरसाईकल र नियन्त्रण लिइएका मानिसहरु समेतलाई घट्नास्थल प्रहरी वृत्त सातदोबाटो ललितपुरको एरिया पर्ने भएकोले आवश्यक कार्वाहीको लागी प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाईएको छ।