पूर्णपुष्टि, जेष्ठ २०
उदयपुरमा आफ्नै छोरीलाई करणी गरेको आरोपमा आमाले प्रहरीमा जाहेरी दिएपछि बुबा फरार भएको छ ।
जिल्लाको कटारी नगरपालिका स्थित १५ बर्षिया छोरीलाई ३५ बर्षिय बुबाले करणी गरेपछि बिहिबार इलाका प्रहरी कार्यालय कटारीमा आमाले जाहेरी दिइकी थिईन् ।
गत मंगलबार घरमा कोही नभएको मौका पारी आफ्नै बाबुले छोरीलाई करणी गरेको उक्त कुरा खुलाएर प्रहरीलाई आमाले जाहेरी एिपछि बुबा फरार रहेको हो । घरमा कोही नभएको मौकापारी धम्की दिई करणी गरेको पीडित छोरीले बताएकी छिन् ।
करणी पछि आमा र आफन्तलाई जानकारी गरे ज्यान मार्ने धम्कि दिएको पीडितले बताएकी छिन् ।
फरार रहेको बुबालाई तिव्र गतिमा खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले बताए । उनको भागेर जाने सम्भावित ठाउँहरु पहिचान गरी खोजीकार्य भैरहेको डिएसपी भण्डारीले बताए । आरोपित विरुद्ध हाडनाताकरणी अन्र्तगत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।
