
पूर्णपुष्टि, भदौ ६
उदयपुरमा केहि समय अघि टिकटक बनाउने क्रममा ज्यान गुमाएको एक व्यक्तिको श्रीमतीले पनि ज्यान गुमाएकी छिन् । त्रियुगा नगरपालिका स्थित देउरीका ७६ बर्षिय बृद्ध डिल्लीशेर राईको टिकटक बनाउँदै गर्दा पोखरीमा डुवेर मृत्यु भएको थियो ।
श्रीमानको मृत्यु पश्चात सोकमा बेहोस बनेकी ७९ बर्षिया पत्नी कन्या कुमारी राईको पनि मृत्यु भएको हो । कन्या कुमारीको बिराटनगर स्थित बिराटनरसिंङ होममा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ स्थायी घर भएका बृद्ध केहि बर्षयता देखि देउरीमा घर बनाएर बसोवास गर्दै आईरहेका थिए ।
गर्मि छल्न घरबाट ८ बर्षिय बालक सँगै पोखरी हिडेको बृद्धले बालकलाई भिडियो खिच्न भन्दै पोखरीमा छिरेका थिए ।
पौडी खेल्दा आफ्नो ‘भिडियो खिच्नू’ भन्दै उनले बालकलाई मोवाई भिडियो रेकर्ड अन गरी हातमा दिएर छिरेको उनि डुवेको डुवेकै भए । हाँसहरु पनि पौडीरहेको सो पोखरीमा बृद्ध राई केही पटक ओहोरदोहोर गरेपछि भिडियो खिचीरहेका बालकले एक्कासी बृद्ध गायक (डुबेको) देखेपछि उनले घरमा आएर खबर गरेका थिए ।

साउन २७ गते ६७ वर्षीय श्रीमान् बितेको करिब ११ दिनपछि श्रीमति कन्यकुमारीको पनि हस्पिटलमा उपचार गर्दागर्दै मृत्यु भएको परिवारले जनाएको छ । बृद्धाको लाश उदयपुरको देउरीस्थित घरमा ल्याइएको छ । उनको अन्तिम संस्कारका लागि तयारी भइरहेको बताइएको छ ।
