Sunday, May 17News That Matters

उदयपुरमा टिपर र मोटरसाईकल ठोक्किएर आगलागि

पूर्णपुष्टि, पौष २२

उदयपुरको त्रियुगा नगरपालिका–७ होक्सेमा टिपर र मोटरसाईकल एक आपसमा ठोक्किंदा आगलागि भएको छ । आगलागिबाट मोटरसाईकल पूर्ण रुपमा क्षति भएको छ भने टिपरमा समेत क्षति भएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक जिल्ला पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २१ बर्षीय सन्त कुमार आङदाम्बे र जिल्ला रामेछाप सुनपत्ती गाउँपालिका–४ का २३ बर्षीय अमूल्य तामाङ घाइते भएका छन् ।

प्रहरीका अनुसार आङदाम्बेको टाउको, अनुहार र दाँया खुट्टामा चोट लागेको छ भने तामाङको दाँया  खुट्टा, अनुहार र दुबै हातमा चोट लागेको छ । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएका छ ।

चुहाडे बाट नेपालटार तर्फ जाँदै गरेको ना.३ ख ८४१४ नम्बरको टिपर र विपरित दिशा बाट आउँदै गरेको स ३ प ६८६९ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा अचानक आगलागि भएको थियो ।

जि.प्र.का.उदयपुर र अ.प्र.पोष्ट चुहाडेबाट खटिएको  प्रहरी टोली र दमकलको सहयोगमा करिब साढे  २  बजेको समयमा  आगो नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

टिपर चालक जिल्ला सिराहा गोलवजार नगरपालिका–६ का ३० बर्षीय अर्विन सिंहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।