Friday, July 3News That Matters

उदयपुरमा ट्याक्टरबाट लडेर ५ बर्षिय बालकको मृत्यु

पूर्णपुष्टि, माघ १४

उदयपुरको कटारी नगरपालिका ४ का ५ बर्षीय बालक अमिर तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी नगरपालिका वडा नं ४ स्थित भित्री सडक खण्डमा स १ त ६८२२ नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाइते भएका अमिरलाई  उपचारार्थ लादै गर्दा बाटोमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।यसैगरी मंगलबार ताप्लेजुङ पाथिभरा याङबरक ५ मा पनि ट्याक्टर दुर्घटना हुदा सहचालकको मृत्यु भएको छ । को २ त ७७६१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुदा सोही ट्याक्टरका सहचालक पाथिभरा याङबरक(५ का १९ बर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।