
पूर्णपुष्टि, साउन २१
उदयपुरमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौदण्डिगढी नगरपालिका–७ निबासी ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गत साउन १७ गते २० जनाको स्वाव संकलन गरी परिक्षणको लागी विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा पठाईएको थियो । उक्त स्वाव परिक्षणमा उनको रिर्पोट पाजेटिभ आएको स्वास्थय कार्यालय उदयपुरले जनाईएको छ ।
योसँगै उदयपुर जिल्लामा कोरोना संक्रमितको संख्या ८९ पुगेको छ ।
