
पूर्णपुष्टि, भदौ ८
उदयपुरमा आज (मंलबार) थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ महिला र ६ पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ३६७ जना पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु सबै त्रियुगा नगरपालिकाका रहेका छन् । कोरोना जितेर थप १४ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ४३१ महिला र १ हजार ६९१ पुरुष गरी ३ हजार १२२ जना पुगेको छ । जिल्लामा कुल सक्रिय संक्रमित ९२ महिला र १०१ पुरुष गरी १९३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उदयपुरमा अहिले सम्म कोरोनबाट १६ महिला र ३६ पुरुष गरी ५२ जनाको ज्यान गएको छ ।
