Friday, June 12News That Matters

उदयपुरमा थप १३८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ९६२ पुग्यो

पूर्णपुष्टि, जेष्ठ १२

उदयपुरमा आज (बुधबार) थप १ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ९ सय ६२ पगेको हो । आज थपिएका संक्रमित मध्ये ९० पुरुष र ४८ महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

आज त्रियुगा,कटारी र बेलका नगरपालिका साथै रौतामाई, लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकामा संक्रमित थपिएका छन् । त्रियुगामा ४८, कटारीमा २६, बेलकामा ७, रौतामाईमा ३८, लिम्चुङबुङमा १२ र उदयपुरगढीमा ८ गरी १ सय ३८ जना संक्रमित थपिएका हुन् ।

आज कोरोना मुक्त भएर घर फर्किने र ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । जिल्लामा संक्रिय संक्रमित ४ सय ३१ पुरुष र ३ सय ४८ महिला गरी ७ सय ७९ रहेका छन् । अहिलेसम्म जिल्लामा १९ पुरुष र १० महिला गरी २९ जना संक्रमितको ज्यान गएको छ, भने ९१ पुरुष र ६३ महिला गरी १ सय ५४ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।

 

(संक्रिय संक्रमित संख्या–७७९ + निको भएको संख्या–१५४ + मृतक संख्या–२९ = ९६२ जम्मा जिल्लाभरीको संक्रमित संख्या)