Monday, June 29News That Matters

उदयपुरमा थप १४ जना कोरोना संक्रमित निको भए

पूर्णपुष्टि, असार ३१

उदयपुरमा थप १४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । चौदण्डिगढी नगरपालिका–६ बेल्टारको कोभिड–१९ अस्पतालको आईसोलेशनमा उपचाररत मध्ये १४ जना निको भएका हुन् ।

जिल्लाका विभिन्न गाउँपालिकाका संक्रमित विभिन्न मितिमा आईसोलेशनमा भर्ना भएकाहरु मध्ये ३ वर्षीय बालिकासहति १४ जना डिस्चार्ज भएको जनाईएको छ । उनीहरुको पछिल्लो स्वाव परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको जनाईएको छ ।

अहिले आईसोलेशनमा एक महिलासहित ८ जना विरामी उपचाररत रहेको बुझिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।