
पूर्णपुष्टि, असोज २२
उदयपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बेलका नगरपालिकाका ११ जना, त्रियुगा नगरपालिकाका ३ जना र चौदण्डीगढी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्राक्ट ट्रेसिङमा रहेका २९ जनाको स्वाब असोज १८ गते संकलन गरी परिक्षणको लागी कोशी अस्पतालको प्रयोगशालाले पठाईएको थियो । उक्त संकलित स्वावमध्ये ४ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
बेलकाका २८, २०, २२ र २५ वर्षिय महिला र ३२, ३५, ४२, ४५, ५५, ३० र ५३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै त्रियुगाका ५ वर्षिय बालिका, ३४ र ३५ वर्षिय महिला संक्रमित भएका छन् भने चौदण्डीगढीको २५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।
योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या १ सय ४० पुगेको छ ।

