Friday, May 22News That Matters

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, भदौ ५ 

उदयपुरमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिकाका ३६ वर्षीय पुरुक्षमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

ती पुरुष करिब एक हप्ता अगाडी दक्षिण कोरियाबाट आएर नगरपालिकाले निर्माण गरेको मोतिगडा क्वारेन्टाईनमा बस्दै आएको थियो ।

संक्रमितलाई चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारे कोडिभ १९ अस्पतालमा उपचारको लागि पठाइएको जनाईएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ११ पुगेको कार्यालयले जनाएको छ ।