Sunday, June 28News That Matters

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असोज २६

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चौदण्डिगढी नगरपालिका–७  को प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा कार्यरत एक जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी आफ्नो जिनीकाममा काठमाण्डौ गएर यहि असोज २२ गते बेल्टार आएर सेल्फ क्वारेन्टाईनमा बसेको थियो । उनको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।