Friday, May 22News That Matters

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १४

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ६० पुगेको छ ।

त्रियुगा नगरपालिका–३ मोतिगडाको क्वारेन्टाईनमा बसेका त्रिनपा–४ की ३८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरले जनाएको छ । उनी कुवेतबाट आएर क्वारेन्टाईनमा बसेको जनाईएको छ ।

हिजो नै थप ७ जनामा संक्रमण पुष्टि भएको थियो । तर उनीसँग हिजो नै ८ जना पुगेको हो । उनीहरुको गत असार १० गते नमुना स्वाव संकलन गरी परिक्षणका लागी विराटनगरको कोशी अस्पताल पठाईएको थियो । हिजो अवेर आएको रिपार्टमा उनको रिपोर्ट पोजेटिभको आएको जनाएको छ ।

अहिलेसम्म त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जनाएको छ ।