
पूर्णपुष्टि, भदौ ४
उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–१० का ११ वर्षीया बालिका र ३२, ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जनस्वाथ्य कार्यालय उदयपुरले जनाएको छ ।
मालपोतको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका एक सय ४० व्यक्तिहरुको स्वाव संकलन गरी परिक्षण गर्दा सोही तीन जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।
