Saturday, June 20News That Matters

उदयपुरमा थप ४१ कोरोना पुष्टि,१६ निकोे र ५२ को मृत्यु

पूर्णपुष्टि, भदौ १

उदयपुरमा आज (मंगलबार) थप ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २४ पुरुष र १७ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार २८७ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका र कटारी नगरपालिकाका साथै उदयपुरगढी गाउँपालिकाका रहेका छन् । आज सबै भन्दा बढी त्रियुगा नगरपालिकामा संक्रमण देखिएको छ । त्रियुगामा २३ पुरुष र ११ महिला गरी ३४ जना, बेलकामा १ पुरुष र २ महिला गरी ३ जना, कटारीका ३ जना महिला र उदयपुरगढीमा पनि १ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना जितेर थप १६ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ६१० पुरुष र १ हजार ३६९ महिला गरी कुल २ हजार ९७९ जना पुगेको हो । जिल्लामा सक्रिय संक्रमितको कुल संख्या १४२ पुरुष र ११४ महिला गरी २५६ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा कोरोनाबाट ३६ पुरुष र १६ महिला गरी ५२ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।